दफा ११
सम्पत्तिको मूल्यबाट कट्टा गरिने

(१) कर निर्धारण गर्ने प्रयोजनको लागि करदाताको जुन वर्षको सम्पत्तिको मूल्यांकन गरिने हो सो वर्षको लगत्तै अघिल्लो वर्षमा प्राप्त गरेको देहाय बमोजिमका रकमहरू सम्पत्तिको मूल्यबाट कट्टा गरी खूद सम्पत्ति कायम गरिनेछ :-

(क) कर लाग्ने सम्पत्तिको स्वामित्व प्राप्त गर्न बैंक, वित्तीय संस्था वा अन्य कुनै व्यक्ति वा संस्थासंग रजिष्ट्रेशन पारित गरी लिएको ऋण ।

(ख) जीवन बिमा वा दुर्घटना बिमा वापत भुक्तानी पाएको रकम ।

(ग) कुनै उल्लेखनीय सार्वजनिक सेवा वा कार्य गरे वापत प्राप्त गरेको नगदी वा जिन्सी पुरस्कार ।

(घ) कर्मचारी सञ्चय कोषबाट भुक्तानी पाएको रकम ।

(ङ) नागरिक लगानी कोषबाट भुक्तानी पाएको रकम ।

(च) उपदान वा निवृत्तिभरण वापत भुक्तानी पाएको रकम ।

(छ) स्वदेशी कम्पनी वा संस्थाहरूबाट प्राप्त गरेको लाभांश ।

(ज) सम्पत्ति कर नलाग्ने गरी नेपाल सरकारले जारी गरेको ऋणपत्रको भुक्तानी रकम ।

(झ) विदेशबाट ल्याएको परिवत्र्य विदेशी मुद्रा बराबरको रकम ।

(२) उपदफा (१) बमोजिम प्राप्त रकमहरू करदाताले पेश गरेको सम्पत्ति विवरणमा उल्लेखित सम्पत्तिमा समावेश भएको कुरा पुष्टी भएमा मात्र सम्पत्तिको मूल्यबाट कट्टी गरिनेछ ।